बेलायत पठाइदिन्छु भन्दै करोडौँ ठगी, उजुरीपछि पक्राउ

3 July, 2025

वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै करोडौँ रकम लिएर ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुर महानगरपालिका–२५ का ४० वर्षीय प्रभाष रिसाललाई पक्राउ गरेको जनाएको छ।

रिसालले बेरोजगार युवायुवतीलाई बेलायत पठाइदिने भन्दै करोडौं रकम लिएर सम्पर्कविहीन भएको आरोप रहेको प्रहरीले जनाएको छ। उनले पीडितबाट एक करोड २० लाख ४४हजार रकम असुलेको प्रहरीले बताएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024