बेरोजगारलाई पुनर्निर्माणमा जोड्छौँ : मुख्यमन्त्री शर्मा

20 November, 2023

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बेरोजगारलाई भूकम्पपछिको पुनर्निर्माणमा जोड्ने गरी तयारी भइरहेको बताएका छन् ।

‘पुनर्निर्माणमा ठूलो जनशक्ति आवश्यक पर्छ, स्थानीय जनशक्तिलाई नै प्रयोग गरिन्छ, धेरै आत्तिनुपर्ने अवस्था छैन,’ नयाँ पत्रिकासँग कुरा गर्दै मुख्यमन्त्री शर्माले भने, ‘छिटो–छरितो, स्थानीय श्रम र स्थानीय प्रविधिको प्रयोगबाट घर निर्माण गर्ने गरी डिजाइन गर्नुपर्छ भनेर संघ सरकारलाई भनेका छौँ ।’

भूकम्पले बस्नै नमिल्ने बनेका ६०–६२ हजार घर निर्माण गर्नुपर्ने अवस्था रहेकाले ठूलो संख्यामा स्थानीय श्रमिक आवश्यक पर्ने उनको भनाइ छ । यस विषयमा प्रदेश सरकारले संघ सरकारसँग समन्वयकारी भूमिका खेलिरहेको समेत उनले बताए ।

मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशले घोषणा गरेको वार्षिक १० हजारलाई रोजगारी दिने कार्यक्रम पनि कानुनी प्रक्रियामै रहेको र यो कार्यक्रमबाट पनि धेरैले रोजगारी पाउने बताए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024