काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका-९ बस्ने झापा बिर्तामोड नगरपालिका-४ घर भएका ५७ वर्षीया आशा परियार रहेका छन्।
आशाले बुल्गेरिया पठाइदिन्छु भन्दै २ जना पीडितबाट २ लाख रुपैयाँ लिई सम्पर्कबिहीन भएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई कीर्तिपुर नगरपालिका-९ बाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।