बारा ४ का उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई आयोगले सोध्यो स्पष्टीकरण

20 October, 2022

निर्वाचन आयोगले बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई स्पष्टीकरण सोधेको छ।

आचारसंहिताको उल्लंघन हुने गरी प्रचारप्रसार गरेको विषयमा श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।

श्रेष्ठले बेरोजगार युवालाई फ्रि भिसा, फ्रि टिकटमा विदेश पठाइदिने भनी मतदातामाझ बोलेको भिडियो प्राप्त भएको पनि आयोगले जनाएको छ।

निर्वाचन अधिकृतको कार्यालयमा आफैँ वा आफ्नो प्रतिनिधिमार्फत् लिखित स्पष्टीकरण पेश गर्न आयोगले भनेको छ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा “कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने” व्यवस्था रहेको छ।

आयोगले बारा लगायतका जिल्लाबाट युवाहरुलाई जम्मा गरी प्रलोभन देखाएको सम्बन्धमा के कसो भएको हो? भनी पत्र पठाएको हो।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024