बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २२ पुग्यो

9 April, 2020

मुकुन्द गैरे

काठमाडौं, चैत्र २७ गते । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २२ पुगेको छ । बहराइन स्थित नेपाली दूतावासले बुधवार जानकारी दिए अनुसार यस अघि १२ जना नेपालीमा कोरोनाको संक्रमण देखिएकोमा हिजो थप १० जनामा संक्रमण देखिए संगै संक्रमित नेपालीको संख्या २२ पुगेको हो ।

बहराइन अधिराज्यमा ८ अप्रिल दिउँसो २.०० बजे सम्ममा ५२ हजार ३५१ जनामा कोरोना संक्रमण भए÷नभएको परिक्षण गरिएको छ । संक्रमित व्यक्तिहरुको संख्या ३४९ जना रहेकोमा ती जना गम्भीर अवस्थामा रहेको बताएको छ ।

संक्रमणबाट निको भइ डिस्चार्ज हुनेको संख्या ४६७ पुगेको छ । मृतकको संख्या पाँच पुगेको दूतावासले जानकारी दिएको छ ।

केहि समय अगाडि सल्माबाद स्थित एक क्यापमा एक जना विदेशी नागरिकमा संक्रमण देखिए पछि त्यहाँ कार्यरत करिब चार सय जनालाई क्वारेनटाइन गरिएकोमा हाल थप दस जना नेपालीमा संक्रमण पुष्टी भएको हो ।

बहराइनमा अवैधानिक रुपमा बिना कागजात कार्यरत विदेशी कामदारहरुका लागि बैधानिक हुन वा बहराइन छोड्न ३१ डिसेम्बर २०२० सम्म बहराइनले समय दिएको दूतावासले जानकारी दिएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024