बंगलादेशमा रहेका ७ सय ६७ नेपाली दूतावासको सम्पर्कमा

28 March, 2020

अतुल मिश्र

काठमाडौँ — ब‌ंगलादेशमा रहेका ७ सय ६७ नेपाली नागरिक हालसम्म दूतावासको सम्पर्कमा आएका छन्।

उनीहरूले शुक्रबार रातिसम्ममा बंगलादेशको विभिन्न स्थानवाट अनलाइन इमरजेन्सी रजिस्ट्रेसनमार्फत् नेपाली दूतावासमा आफ्नो सम्पर्क ठेगानालगायतका जानकारी दर्ता गराएका हुन्। हाल बंगलादेश सरकारले २६ मार्चदेखि ४ अप्रिलसम्मको लागि लक- डाउन गरेको छ।

राजदूत डा. वंशीधर मिश्रले बंगलादेशमा रहेका नेपालीहरूलाई लकडाउनसम्बन्धी सम्पूर्ण नियम एवं निर्देशको पूर्णपालना गर्न अपिल गरेका छन्।

‘ब‌ंगलादेशबाट ठूलो संख्यामा नेपाली स्वदेश फर्केको जानकारी प्राप्त भएको छ,’ राजदूत मिश्रलेगत सातासम्म धेरै कलेजमा अध्ययन गरिरहेकाहरुको अनुरोधमा नेपाली विद्यार्थीहरुलाई नेपाल फर्कन कलेज, विश्वविद्यालयसँग सम्पर्क र अनुरोध गरी सहजीकरण गरिएको बताए।

नेपाल सरकारको पछिल्लो निर्णयअनुसार विदेशमा रहेका सबै नेपालीलाई हाल आफू रहेकै स्थानमा सुरक्षित बस्न निर्देश गरेकाले तुरन्त नेपाल फर्काउने कुनै योजना नभएको समेत मिश्रले जनाए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024