प्रहरीले माग्यो १५ म्यानपावरको विवरण

6 Jun, 2018

महानगरीय प्रहरी परिसर ललितपुरले वैदेशिक रोजगार विभागसँग १५ म्यानपावर कम्पनीको विवरण मागेको छ । प्रहरी परिसर ललितपुरका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक रेशमप्रसाद आर्चायले पत्रमार्फत विभागसँग म्यानपार कम्पनीको विवरण मागेका हुन् ।

 

प्रहरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समेतको पत्रको जाहेरीले प्रतिवादी शेरबहादुर सम्वाहाम्फे (लिम्बु), मञ्जु अधिकारी र लक्ष्मण लिम्बको ठगी मुद्दामा अनुसन्धानका क्रममा १५ म्यानपावर कम्पनीको समेत विवरण आवश्यक परेको भन्दै विभागलाई पत्राचार गरेको छ ।

 

प्रहरीले विभागलाई पठाएको पत्रमा म्यापावर कम्पनी दर्ता भए नभएको , दर्ता भएको अवस्थामा कसको नाममा दर्ता रहेको, सञ्चालक यकिन गरेर सम्पर्क नम्बरसहित दर्ता प्रक्रियामा पेस गरिएका कागजाको प्रतिलिपि पठाइ अनुसन्धानमा सहयोग गरिदिन आग्रह गरिएको छ । शेरबहादुर सम्वाहाम्फे (लिम्बु) प्रतिवादीरहेको सूचीमा वल्ड भिजन म्यानपावर कुपन्डोल, एचडी एचआर म्यानपावर धोविघाट, अरोरा म्यानपावर, चन्द्रमा म्यानपवारर अल्फा सिग्मा म्यानपावरको विवरण प्रहरीले माग गरेको छ ।

 

यसैगरी मञ्जु अधिकारी प्रतिवादीमा तारा एच आर म्यानपावर, न्यु वल्र्ड ओभरसिज, लक्की एचआर, अरोरा म्यानपावर, गोरखा एचआर र लिभर टीएच आरको विवरण माग गरिएको छ । यस्तैगरी लक्ष्मण लिम्बु प्रतिवादीमा इन्टरनेसनल म्यापावर, लक्की ओभरसिज, एबी म्यापावर कुसुन्ती, लिबर्टी एचआर र एस के इन्टरनेसनलको ललितपुर महानगरीय प्रहरी परिसले सबै विवरण मागेको हो । ‘ललितपुर परिसरबाट केही म्यानपावर कम्पनीको विवरणसहित पत्र आएको छ’, वैदेशिक रोजगार विभागका प्रवक्ता उद्धवप्रसाद रिजालले भने, ‘प्रहरीले मागेअनुसारको विवरण केही दिनभित्र पठाउँछौं ।’

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024