प्रम ओलीद्वारा कतारका प्रमसँग फाेन वार्ता

23 Apr, 2020

गोरखापत्र समाचारदाता 

काठमाडौँ, बैशाख ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न आरोपमा गिरफ्तार परी कतारको कारागारमा रहेका १७ नेपालीको रिहाईप्रति खुशी व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले कतारका समकक्षी खालिद बिन खलीफा बिन अब्दुल अजीज अल थानीसँग बिहिबार टेलिफोन संवाद गरी खुशी व्यक्त गर्नुभएको हो । 

प्रधानमन्त्री ओलीले कतारका समकक्षी खालिद विनसँग टेलिफोन संवाद भएको सामाजिक सञ्जालमा ट्वीट गर्नुभएको छ । उहाँले कतारमा रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले ट्वीटमा भन्नुभएको छ, “कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता नलिन आग्रह गर्नुभयो । विभिन्न आरोपमा गिरफ्तार १७ नेपालीको रिहाईप्रति खुशी व्यक्त गर्दै धन्यवाद

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024