प्रधानमन्त्री रोजगार कार्यक्रम : कनकासुन्दरीका ३५० जनालाई रोजगारी

8 May, 2023

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कनकासुन्दरी गाउँपालिकाका तीन सय ५० जनाले रोजगारी पाएका छन्। कार्यक्रमअन्तर्गत उनीहरूले ५० दिनका लागि विकास निर्माणका काम गर्ने गरी रोजगारी पाएका हुन्।

सो अवधिमा उनीहरूले प्रतिव्यक्ति २८ हजार आठ सय ५० रुपैयाँ आम्दानी गरेका रोजगार संयोजक हंशराज न्यौपानेले बताए। कार्यक्रमअन्तर्गत पालिकामा १७ वटामध्ये १० वटा आयोजना सम्पन्न भइसकेका छन्। आर्थिक वर्ष ०७९/८० मा कार्यक्रमका लागि एक करोड एक लाख १५ हजार बजेट छुट्याइएको थियो।

कार्यक्रमअन्तर्गत चिन्डेखोला–तलिगाउँ गोरेटोबाटो, धोबीघाट, आवि साउवाडा पर्खाल निर्माण, टापुज्युला तटबन्ध निर्माण, तल्लो रानिसैनदेखि खिच्ने विद्यालयसम्म ढुंगा बिछ्याउने, चुतीखेल्ना–सार्कीवाडा–ल्वारवाडा–दमाईंवाठा पिसिसी बाटो र बैदारवाडा खानेपानी मर्मत तथा ढल निकास आयोजना निर्माणाधीन अवस्थामा रहेका संयोजक न्यौपानेले जानकारी दिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024