प्रधानमन्त्री रोजगार कार्यक्रम: सात लाखले काम माग्दा चार हजारलाई रोजगारी

30 May, 2025

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत काम खोज्दै सात लाख ९७ हजार ७ सय २५ जना बेरोजगार युवाहरूले आवेदन दिएकोमा चार हजारले रोजगारी पाएका छन्।

आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार चालु वर्षकाे फागुनसम्ममा चार हजार २२३ जना रोजगारीमा संलग्न भएका हुन्।

आर्थिक वर्ष २०८०/८१ मा ७३५ स्थानीय तहमा ८ लाख ८५ हजार १५३ बेरोजगार सूचीकृत भएका थिए।

जसमध्ये ६४ हजार ७३३ जनाले रोजगारी पाएका थिए। उनीहरूले ‍औसत ७९ दिनको रोजगारी पाएका थिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024