पोर्चुगल पठाइदिने भन्दै १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ

22 February, 2024

काठमाडौं : वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै लाखौं रकम ठगी गर्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-४ घर भइ हाल काठमाडौंको मित्रनगर बस्ने २३ वर्षीय टिकाबहादुर भण्डारी रहेका छन्।

उनी टोपेन्द्र घर्तीसमेत दुईजनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने, त्यसका लागि प्रतिव्यक्ति १५ लाख रुपैयाँ लाग्ने र त्यहाँ प्रतिष्ठित कृषि कम्पनीमा काम लगाइदिने आश्वासन दिएर १७ लाख ६० हजार रुपैयाँ लिइ फरार भएका थिए।

आफू ठगिएको थाहा पाएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा खोजतलासका क्रममा भण्डारीलाई काठमाडौंको मित्रपार्कबाट नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

उनलाई थप कारवाही र अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024