पोर्चुगल पठाइदिने बहानामा लाखौं ठगी, युवती पक्राउ

5 January, 2024

काठमाडौं : वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने बहानामा रकम ठगी गर्ने महिला पक्राउ परेकी छन्। नुवाकोटा घर भइ हाल काठमाडौंको टोखा बस्ने २२ वर्षीया रचना थापा रकम ठगी गरेको आरोपमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै थापा पीडित रामचन्द्र कार्कीबाट ९ लाख ९० हजार रकम लिइ फरार भएकी थिइन्। आफू ठगिएको थाहा पाएपछि पीडित कार्कीले प्रहरीमा उजुरी दिएका थिए।

सोही उजुरीका आधारमा खोजतलास गर्दा थापालाई मैनमैजुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले पीडितलाई पोर्चुगल जान १२ लाख रुपैयाँ लाग्ने,त्यहाँ पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिने,मासिक तलब १ लाख ३० हजार रुपैयाँ हुने भन्दै प्रलोभनमा पारी रकम लिइ सम्पर्कविहीन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024