पुसमा ६७ हजार युवाले काम खोज्दै छाडे देश

23 January, 2025

गएको पुस महिनामा कामको खोजीमा ६७ हजार २५८ युवाले देश छाडेका छन्।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार यो संख्या पुसमा नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको हो।

पुसमा नयाँ श्रम स्वीकृति लिएर ४० हजारभन्दा धेरै युवा विदेशिएका छन्।

सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स युएईका लागि २१ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन्। 

साउदीका लागि १३ हजार र कतारका लागि ११ हजारभन्दा धेरैले श्रम स्वीकृति लिएका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024