पश्चिम एसियामा विभिन्न कारणले मृत्युवरण गरेका ३८ नेपालीको शव ल्याउन बाँकी

6 April, 2026

पश्चिम एसियामा विभिन्न कारणले मृत्युवरण गरेका, तर जारी द्वन्द्वका कारण ३८ नेपालीको शव ल्याउन बाँकी छ। परराष्ट्र मन्त्रालयका अनुसार दुबईमा १५, साउदी अरबमा १७, कतारमा दुई, साइप्रसमा दुई, इजरायलमा एक, बहराइनमा एक गरी जम्मा ३८ जनाको शव ल्याउन बाँकी छ।

अब उद्धार उडानमार्फत शव ल्याउन गम्भीर गृहकार्य भएको परराष्ट्रका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए। उद्धारलगायतका लागि सरकारले पश्चिम एसियाली मुलुकमा रहेका नेपाली नियोगहरूलाई १० लाख रुपैयाँको दरले बजेट व्यवस्था गरेको छ।

परराष्ट्रका अनुसार हाल इरानमा ११ जना नेपाली छन्। द्वन्द्व सुरु हुनुभन्दा अघि नै इरानी प्रहरीले पक्राउ परेका अमृत झा हाल हिरासतमा छन्। झासँग वकिलले भेटेको तथा उनी सुरक्षित रहेको जानकारी प्राप्त भएको परराष्ट्र प्रवक्ता क्षेत्रीले बताए। इरानी अदालतले झाविरुद्धको सजाय सुनाइसकेको छैन।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024