पत्रकार कोइरालाले भने – म भागेको छैन

22 March, 2018

उमाकान्त पाण्डे

पत्रकार महासंघ युएई शाखाका पूर्व अध्यक्ष त्रिलोचन कोइरालाले नक्कली मागपत्र पठाएर म्यानपावरसँग रकम लिएको भन्ने उज्यालो अनलाइनमा प्रकाशित समाचारको खण्डन गरेका छन् । प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको भन्दै पत्रकार कोइरालाले आफ्नो अरु कारोबार पनि भएको र त्यसबारे बताउनु पर्ने आबश्यक भए विवरण उपलब्ध गराउने भन्दै आफू कतै नभागेको जनाएका छन् ।म्यानपावरहरुसँग कारोबार गरेको र उठाएको रकम फिर्ता गर्ने सम्बन्धमा ढिलाई भएको स्वीकार्दै उनले ठगी धन्दा नगरेको दावी गरेका छन् । 

तथ्य के थियो ?

 

पत्रकार त्रिलोचन कोइरालाले आठ महिना पहिले रसुवा ओभरसिज प्रालिलाई युएईबाट कामदार मागपत्र दिने भन्दै ३५ हजार दिर्हाम लिएका थिए । दुई कम्पनीमा एक सयजना कामदारको भिसा दिने भन्दै रकम लिएका थिए । आठ महिनासम्म मागपत्र अनुसार भिसा उपलब्ध नगराएको र रकम दिन नसक्ने जवाफ दिएको म्यानपावरले बताएका छन् । उज्यालोमा समाचार प्रकाशन गर्न लागेकोबारे सम्पर्क गर्दा उनले आफूले रकम फिर्ता सम्बन्धको विषय दुई दिनभित्र सल्टाउने बताएका थिए । तर पाँच दिनसम्म त्यो रकम फिर्ता नगरेपछि समाचार प्रकाशित गरिएको थियो ।कोइरालाले समाचार प्रकाशन भएकै दिन सोमबार साँझ युएइमै रहेका म्यानपावरका साझेदार संचालक सूर्य राईसँग रकम लिएको स्वीकार्दै तीन महिनाभित्र रकम फिर्ता गर्ने लिखित सम्झौता गरेका छन् । उनले रकम फिर्ता गर्न आफ्नो चेक म्यानपावरलाई बुझाएका छन । कोइरालाले पत्रकार महासंघ युएई शाखाको सल्लाहकार पदबाट गएको शनिबार नै राजीनामा दिएका छन्।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024