नेपाल गर्‍यो जर्मनीसँग श्रम सम्झौता

11 October, 2023

नेपालले जर्मनीसँग पनि श्रम सम्झौता गरेको छ। मंगलबार नेपालले जर्मनसँग पनि श्रम सम्झौता गरेको हो।

यसअघि नेपालले रोमानियासंग पनि श्रम सम्झौता गरेको थियो। युरोपेली देश रोम निया र जर्मनी जान नेपालीले लाखौँ रुपियाँ तिरेर ठगीमा पर्ने गरेका छन्। यस्ता समस्याको समाधान गर्न सुरक्षित गन्तव्यको खोजी गर्ने क्रममा नेपालले श्रम सम्झौता युरोपेली देश रोम निया र जर्मनीसँग पनि श्रम सम्झौता गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

समझदारी अनुसार जर्मनी जाँदा श्रमिकहरूले कुनै पनि शुल्क तिर्नु नपर्ने श्रम मन्त्रालयका सूचना अधिकारी कृष्ण भूसालले जानकारी दिए।

जर्मनीले अहिले कुन–कुन क्षेत्रमा नेपाली श्रमिक लैजाने भनेर नतोकेको श्रम मन्त्रालयका एक अधिकारीले बताए। जर्मनीमा निर्माण क्षेत्र, फ्याक्ट्रीलगायत क्षेत्रमा श्रमिक माग हुने गरेको छ।

जर्मनी जान श्रमिकहरूले अनलाइन मार्फत आवेदन दिन सक्ने छन्। जर्मनीमा श्रम सम्झौता नभए पनि यहाँ नेपालीहरू पुगेका छन्। नेपालीहरू भिजिन भिसा, अवैध बाटो हुँदै जर्मनी पुगेको अवस्था छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024