नेपाल एयरलाइन्सले दुबई र दमामबाट उद्धार उडान भर्ने

3 April, 2026

परराष्ट्रमन्त्री शिशिर खनालको पहलमा नेपाल एयरलाइन्सले शुक्रबारदेखि आइतबारसम्म युएईको दुबई र साउदी अरबको दमामबाट नेपालीका लागि विशेष उडान भर्ने भएको छ । मंगलबार परराष्ट्र मन्त्रालयमा भएको सरोकारवाला निकायको बैठकपछि नेपालीलाई यात्रा सहजीकरण गर्न उद्धार उडान गर्ने तय भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण तथा नेपाल एयरलाइन्सका प्रतिनिधिहरूसँग परराष्ट्रमन्त्री खनालले छलफल गरेका थिए । पश्चिम एसिया (खाडी क्षेत्र)मा रहेका नेपाली नागरिकको यात्रा आवश्यकतालाई सहजीकरण गर्ने तथा आवश्यक हवाई सम्पर्क निरन्तरता सुनिश्चित गर्ने उपायहरूबारे बैठकमा छलफल भएको परराष्ट्रले विहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । इरानमाथि अमेरिका र इजरायलले १६ फागुनमा आक्रमण गरेपछि पश्चिम एसियामा जारी तनाव तथा सुरक्षा अवस्थाका कारण नियमित उडान स्थगित हुँदै आएका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024