नेपाली विद्यार्थीलाई फर्काउन केआइआइटीले जारी गर्‍यो हटलाइन, यातयातको सुविधा दिने

18 February, 2025

काठमाडौं : कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)ले नेपाली विद्यार्थी फर्काउन पहल थालेको छ। उसले हटलाइन सेवा सुरू गरेर नेपाली विद्यार्थी फर्काउन पहल थालेको हो।

केआइआइटीले सामाजिक सञ्जालमार्फत नेपाली विद्यार्थीहरूको सहजताका लागि २४ घन्टा सातै दिन सेवा दिने जानकारी दिएको छ। क्याम्पसमा फर्किन चाहनेहरूका लागि उसले दुई वटा नम्बर पनि जारी गरेको छ। नेपाली विद्यार्थीले +91 7847064550 र +91 7855029322 नम्बरमा सम्पर्क गर्न सकिने केआइआइटीले जनाएको छ।

केआइआइटीले सबै नेपाली विद्यार्थीलाई सम्पर्क आउन आग्रह गरेको छ। फर्किने विद्यार्थीका लागि यातायातको व्यवस्था पनि मिलाउने क्याम्पस प्रशासनले जनाएको छ। नेपाल विद्यार्थीको सुरक्षा र कल्याणका लागि क्याम्पस सधैं तत्पर रहेको केआइआइटीले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024