नागरिकलाई विदेशमै अलपत्र पारिंदैन, तयारीपछि फर्काउँछौं: श्रममन्त्री यादव

7 May, 2020

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वयर राय यादवले विदेशमा रहेका नेपाली नागरिकलाई सुरक्षित रुपमा स्वदेश ल्याइएने बताएका छन्। वैदेशिक रोजगरीमा रहेका १ लाख बढी श्रमिक तत्काल स्वदेश फर्कनैपर्ने अवस्थामा रहेको वैदेशिक रोजगार विभागले अनुमानित विवरण तयार पारेपछि सरकारले ल्याउनका लागि तयारी गरिरहेको उनले जानकारी दिए।

एकैपटक ठूलो संख्यामा विदेशबाट नागरिक ल्याउँदा नेपालमा त्यसका लागि पर्याप्त तयारी हुनुपर्ने उनको भनाइ छ।

‘ हामी अहिले त्यही तयरी गरिरहेका छौ। उहाँहरुलाई नेपाल ल्याउँदा आवश्यक पर्ने क्वारिन्टिनको व्यवस्था हुनुपर्‍यो। त्यपछि उनीहरुको परीक्षण तथा उपचारका लागि पनि व्यवस्था चाहियो। त्यसपछिका अन्य आवश्यकताहरु पनि छन्। जसका लागि हामी काम गरिरहेका छौ’ उनले सेतोपाटीसँग भने,’यी सबै तयारी पूरा भएपछि हामी हाम्रा नागरिकलाई ल्याउन सुरु गर्छौ।’ 

अहिले सरकारले स्वदेश फर्किनसक्ने नेपालीहरुको सम्भावित विवरण तयार पारिएको र व्यवस्थापन तयारीका लागि संयन्त्र बनाउनतिर लागिएको उनले जानकारी दिए।

वैदेशिक रोजगार विभागका अनुसार विदेशमा रहेका ४ लाख ७ हजार नेपाली श्रमिक स्वदेश फर्किने अवस्थामा छन्। अवैध भएर बसेका तर सम्बन्धितमुलुकले माफी दिएका, भिसाको म्याद सकिएको र कामको सम्झौता सकिएका। कोरोना भाइरसका कारण रोजगारी गुमाएका नेपालीहरु पनि २ लाख बढीको संख्यामा छन्। उनीहरुलाई स्वदेश फर्काउन सरकारले तयारी गरिरहेको मन्त्री यादवले जानकारी दिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024