दक्षिण कोरिया जाने भाडा घट्यो

7 August, 2018

रोजगार अनुमति प्रणाली अन्तर्गत रोजगारीको लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकट वापत दिने रकममा २३ प्रतिशत घटेको छ । अब कामदारले हवाई टिकट वापत ४ सय ११ अमेरिकन डलर (४५ हजार २ सय ९२ रुपैयाँ) दिनुपर्नेछ। 

 

श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयले विद्युतीय बोलपत्र आब्हान गरी भाडादर घटाएको हो । यसअघिको ट्राभल्सलाई ५ सय ३० डलर बुझाउने गरेको थियो । यसबाट कोरिया जाने कामदारले तिर्ने रकममा वार्षिक १० करोड रुपैयाँ भन्दा बढी बचत हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

 

सरकारले २००८ देखि इपिएस प्रणालीमा कामदारलाई कोरिया पठाउँदै आएको थियो । हालस्मम कोरिया ५४ हजार ३ सय ६३ जना गइसकेका छन् । जसमा ३ हजार ३ सय ३८ जना महिला छन् ।सन् २०१८ मा कोरिया जानको लागि ७ हजार ९ सय ९८ जना भाषा परीक्षामा उत्तीर्ण भएका छन् ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026