दक्षिण कोरिया जानेले पाँचहजार अमेरिकन डलर बराबर बीमा गराउनुपर्ने

19 October, 2021

रोजगार अनुमति प्रणाली इपिएसअन्तर्गत दक्षिण कोरिया जानेले पाँचहजार अमेरिकन डलर बराबर बीमा गराउनुपर्ने इपिएस शाखाले बताएको छ।

प्रतिवद्ध कामदार लैजाने प्रकृया अगाडि बढेकाले कोभिड जोखिम बीमा अनिवार्य गराउनुपर्ने शाखाको भनाई छ।  

कोभिड–१९ महामारीका कारण लामो समयदेखि नेपाली श्रमिकहरु कोरिया जान पाएका छैनन्।

पछिल्लो समय महामारीको अवस्था केही सामान्य हुँदै गएपछि कोरियाले निश्चित मापदण्ड पालना गरी पहिलो चरणमा कोरिया रोजगारीमा पुगेर नेपाल फर्किएका (कमिटेड) श्रमिकहरु लैजाने भएको हो।

उनीहरुलाई कात्तिक १० गतेदेखि लैजाने गरी मिति तय भइसकेको छ।  

जसका लागि तीन कम्पनीहरुमार्फत बीमा गराउन सकिने शाखाले बताएको छ।

अजोड इन्स्योरेन्स लिमिटेड, प्रभु इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीमा सम्पर्क गर्न शाखाले अनुरोध गरेको छ। यसअघि कोरियाले नेपाललाई कोभिडको उच्च जोखिमयुक्त मुलुक (रेड जोन) मा राखेको थियो।

जसकारण प्रतिबद्ध तीन र सबै प्रकृया पुरा गरेकाहरु सातहजार गरी दश हजार नेपाली श्रमिक दक्षिण कोरिया जान पाएका छैनन्। इपिएसअन्तर्गत भाषा परीक्षासमेत रोकिएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024