दक्षिण कोरियासँग श्रम समझदारी नवीकरण

28 May, 2018

सरकारले दक्षिण कोरियासँग भएको श्रम समझदारी नवीकरण गर्ने निर्णय गरेको छ । दक्षिण कोरियासँग नेपालले हरेक दुई-दुई वर्ष श्रम नवीकरण गर्दै आएको छ । यसपटकको श्रम समझदारी सकिन लागेकाले आइतबार राति बसेको मन्त्रिपरिषद बैठकले नवीकरण गर्ने निर्णय गरेको हो ।

 

गणतन्त्र कोरिया नेपालको आकर्षक श्रम गन्तव्य हो । ईपीएस भाषा परीक्षा पास गरेर हरेक वर्ष नेपालीहरु काम गर्न कोरिया जाने गरेका छन् ।

 

मन्त्रिपरिषदको बैठकले श्रम नियमावली २०७५ स्वीकृत पनि गरेको सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाले जानकारी दिए ।

 

यसैगरी चितवनको इच्छाकामना गाउँपालिका ६ को चार किलो भन्ने स्थानमा गत साउन ८ गते गएको पहिरो हटाउने क्रममा ज्यान गुमाएका ४ जना प्रहरीका परिवारलाई १० लाखको दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि भएको छ ।

 

शिक्षाको अधिकार सम्बन्धी विधेयक र संघीय शिक्षा विधेयक तर्जुमा गर्न मन्त्रिपरिषदको सैद्धान्तिक सहमति दिने र सरकारको नीति तथा कार्यक्रम पारित गर्न सहयोग गर्ने सबै सांसदहरुलाई धन्यवाद दिने निर्णय पनि भएको सरकारका प्रवक्ता बास्कोटाले बताए ।

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024