दक्षिण कोरियाको अस्पतालमा दुई म्याग्देलीको शव अलपत्र

25 August, 2020

हरिकृष्ण गौतम 

रोजगारको सिलसिलामा दक्षिण कोरियामा पुगेर अवैधानिक बसोबास गरेका दुई म्याग्देलीको उपचारको क्रममा मृत्यु  भएपछि शव अस्पतालमै अड्किएको छ। लामो समयसम्म परिवारको सम्पर्कमा समेत नभएका अन्नपूर्ण गाउँपालिका–५ शिख स्वाँतका डम्बर बहादुर गर्बुजा र रघुगंगा गाउँपालिका–६ कोटगाउँका जसबहादुर पुनको उपचारको क्रममा मृत्यु भएको हो। मृतकको शव अस्पतालमा रहेको मोना दक्षिण कोरियाका अध्यक्ष सुनेश खत्री क्षेत्रीले बताए। ‘दुबैजनाको शव अस्पतालमा छ,‘अवैधानिक रुपमा बस्दै आएकाले कम्पनीले समेत जिम्मा लिर्दैन्’ अध्यक्ष खत्री क्षेत्रीले भने। 

उनका अनुसार मृतक गर्बुजाको परिवारले शव नेपालमा पठाउन अनुरोध गरेको बताए। त्यस्तै सन् २००२ मा कोरिया प्रवेश गरी तीन वर्षपछि अवैधानिक रुपमा बस्दै आएकाका क्यान्सर पीडित पुनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएपछि पहिचानमा समस्या भएको अवस्थामा मृतककी श्रीमति सम्पर्कमा आएकाले शव ब्यवस्थापन सहज हुने बताइएको छ।

पुन कोरिया गएको दुई बर्षपछि परिवारको सम्पर्कमा थिएनन्। मृतक गर्बुजाको शव छनान युनिभर्सिटीको अस्पतालमा छ भने पुनको कोरियाको थेजन स्थित चुङनाम नेस्नल युनिभर्सिटी हास्पिटलमा रहेको छ। रोजगारको क्रममा मृत्यु भएका म्याग्देलीको शव नेपाल पठाउन कोरियामा रहेका म्याग्देलीले आर्थिक सहयोग जुटाउने गरेका छन्। एक महिना अगाडि कोरियामै मृत्यु भएका एक म्याग्देलीको शव कम्पनीले ब्यवस्था गरी नेपाल पठाएको थियो। शव कोरियामै अन्त्येष्टी गर्न परिवारको स्वीकृतिका साथै वडाबाट नाता प्रमाणित सहितको कागजात चाहिन्छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026