‘तेल भिसा’का निर्माता शिवराज कार्की पक्राउ

25 March, 2026

२०८१ कार्तिकमा प्रदर्शनमा आएको चलचित्र ‘तेल भिसा’ को निर्माता शिवराज कार्की पक्राउ परेका छन्।

कार्कीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी र वैदेशिक रोजगारसम्बन्धी कसुरको आरोपमा पक्राउ गरेको हो। ४४ वर्षीय कार्कीलाई मंगलबार काठमाडौंको स्वयम्भू क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

युरोप लगिदिन्छु भन्दै केही व्यक्तिसँग पैसा उठाएको उजुरीपछि कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। उनीविरुद्ध यसअघि गत असार २४ गरे प्रहरी वृत्त लैनचौरमा बैंकिङ कसुरसम्बन्धी मुद्दा समेत दर्ता भएको थियो।

कार्कीले विगत दश वर्षदेखि पी एन एम (इनोभेटिभ सर्भिस) नामक संस्था सञ्चालन गर्दै आएका र २०० देखि २५० जनासम्मलाई वैदेशिक रोजगारीको प्रलोभनमा पारेर ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलय टेकुमा एस पी मनोहर भट्टले जनाकारी दिए। हालसम्म १०० जनाभन्दा बढी पीडितहरू प्रहरीको सम्पर्कमा आइसकेको उनले जनाए।

कार्कीले प्रत्येक व्यक्तिबाट एक लाखदेखि २० लाखसम्म असुल गरेको पाइएको छ। उनलाई पक्राउ गर्न वैदेशिक श्रमिक हकहित संरक्षण समाज समेतले सहयोग गरेकाे छ।

उनीविरुद्ध यसअघि प्रहरी वृत्त लैनचौरमा बैंकिङ कसुरसम्बन्धी मुद्दा समेत दर्ता भएको थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024