ढिस्कोले पुरिएर कामदारको मृत्यु

9 February, 2026

Lila Raj Khadka

झापाको शिवसताक्षीमा माटोको ढिस्कोले पुरिएर एकजना कामदारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा सिरहा लहान बस्ने अन्दाजी ३५ वर्षीय रमेशकुमार यादव रहेका छन् ।

शुक्रवार दिउँसो २ः१० बजे शिवसताक्षी ११ सतासी खोलाको शाखा कल्भर्टमा एनसेलका कामदार यादवको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । फाइबर जडान गर्नलाई बनाएको जमिनमुनिको खाल्डोमा पसेर काम गरिरहेको अवस्थामा एक्कासी छेउको माटोको ढिस्को भत्किएर उहाँ पुरिनुभएको थियो ।

घाइते यादवलाई स्थानीयको सहयोगमा एम्बुलेन्सद्वारा दमक अस्पताल दमक लगिएकोमा दिउँसो ३:३५ बजे उपचारको क्रममा उहाँको मृत्यु भएको हो । मृतकको शव सोही अस्पतालमा रहेको छ । घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खडकाले बताउनुभयो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024