ढल विस्तार गर्दा पुरिएका एक कामदारको मृत्यु

17 April, 2023

कृष्ण किसी

भक्तपुरको सूर्य विनायक नगरपालिका बालकोटमा नयाँ ढल बिस्तारको क्रममा पुरिएका दुई जना कामदारहरूमध्ये एक जनाको मृत्यु भएको छ।

पुरिएका दुईमध्ये वर्ष २२ को नितेश सदाको मृत्यु भएको प्रहरीले जनाएको छ। पुरिएका सुनसरी गढी गाउँपालिका –२ घर भई हाल भक्तपुर बालकोट बस्ने वर्ष ३० को सियाराम सदा भने बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ। उनलाई साढे पाँच बजे उद्धार गरी उपचारको लागी नजिकैको भक्तपुर ईन्टरनेशनल अस्पताल लगिएको थियो।

ढलको काम भइरहेको अवस्थामा एक्कासि माटोको ढिस्को खस्दा सोही स्थानमा काम गरिरहेका उनीहरू पुरिएका थिए। जिल्लाको सूर्य विनायक नगरपालिका वडा नं –२ बालकोटको रागीनी हाईटमा काम गरिरहेका उनीहरू पुरिएका हुन्।

कौशलटारबाट सिरुटार जाने सडकको अन्दाजी २० मिटरभित्रको बस्तीमा काम भइरहेको हो।भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले घटना साँझ चार बजे भएको जनाए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024