डिपेन्डेन्ट भिसामा युके लैजान्छु भन्दै ६ लाख ठगी गर्ने दुईजना पक्राउ

18 February, 2025

सामाजिक सञ्जाल फेसबुकमा फेक अकाउन्ट बनाई डिपेन्डेन्ट भिसामा युके लैजान्छु भनी ठगी गरेको आरोपमा कास्की प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका–७ स्थायी घर भई काठमाडाैं महानगरपालिका सोह्रखुट्टे बस्ने १९ वर्षीय मनीष भुजेल र काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–४ बस्ने २१ वर्षीय निशान पहारी रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाशदीप जिसीले जानकारी दिएका छन्।

फेसबुकमा नेहा गुरुङ नाम गरेको फेक अकाउन्टमार्फत साथी बनाई कुराकानी तथा प्रलोभन देखाई उनीहरूलाई डिपेन्डेन्ट भिसामा युके लैजान्छु भनी ६ लाख एक हजार नौ सय ५५ रुपैयाँ ठगी गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुवैलाई ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024