डाक्टर मात्र होइन, बिरामी पनि बिदेसिन थाले: देउवा

1 September, 2025

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालबाट चिकित्सक मात्र नभएर बिरामी पनि बिदेसिने थालेको टिप्पणी गरेका छन्। शुक्रबार कांग्रेसनिकट प्रजातान्त्रिक चिकित्सक संघको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।

‘डाक्टरहरू बिदेसिन थाले मात्रै होइन, बिरामी पनि बिदेसिन थाले,’ सभापति देउवाले भने, ‘नेपालमा अझैँ पनि राम्रो स्वास्थ्य सेवा हुन सकेको छैन।’

अहिले राम्रा मेडिकल कलेज, राम्रा अस्पताल भए पनि सेवा पनि राम्रो गर्न सके देशलाई राम्रो हुने बताए। ‘त्यसो भए नेपाल एउटा शिक्षाको हब मात्रै नभएर स्वास्थ्य सेवाको हब बन्न सक्छ,’ देउवाले भने।

हामीले बढी से बढी डाक्टर उत्पादन गर्नुप¥यो, बढी से बढी डाक्टर पढाउनु¥यो नेपालमा । यो डाक्टर विदेश नभएर यही नेपालमै रोक्नुप¥यो।

अहिले सरकारले स्वास्थ्य शिक्षालाई नेपालले महत्त्व दिएको पनि उनले बताए। उनले भने, ‘स्वास्थ्य जरुरी छ, त्यस कारण शिक्षा पनि जरुरी छ। यसका लागि कतिपय कुराहरू अहिले पुगेका छैनन् होला, तैपनि हाम्रो देशमा सबै ठाउँमा स्वास्थ्य सेवा छैनन्।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024