ठूला रोजगारदाता सामाजिक सुरक्षाका लागि तातिए

13 September, 2019

समयसीमा सकिन लागेपछि ठूला रोजगारदाता कम्पनीहरु सामाजिक सुरक्षा कोषमा दर्ता हुन तातिएका छन्। सामाजिक सुरक्षा कोषले असोज महिनाभरिमा सबै रोजदाता कम्पनीलाई कोषमा दर्ता हुन अल्टिमेटम दिएपछि उनीहरु तातिएका हुन्। अहिलेसम्म कोषमा ५० हजार १ सय ४० जना दार्त भएको कोषका कार्यकारी निर्देशक कपिल ज्ञवलीले जानकारी दिए। उनका अनुसार भदौ २५ गतेसम्म ४ हजार ७ सय ९० रोजगारदाता कम्पनीहरु कोषमा सूचिकृत भएका छन्। पछिल्लो समय कोषमा सूचीकृत हुनेमा ठूला रोजगारदाताको संख्या बढी देखिएको छ।

कोषका अनुसार चौधरी ग्रुप, गोल्छा अर्गनाइजेसन, डाबर नेपाल, सुर्य नेपाल ,शिवम सिमेन्ट, युनिलिभर, जि फोर एस सहित ११७ वटा आउटसोर्सिङ कम्पनीहरु कोषमा दर्ता भएका छन्। त्यस्तै, नोवल मेडिकल कलेज, मेडिकेयर अस्पताल, गोल्डस्टार सुज, नर्भिक अस्पताल, आम्दा नेपाल, सानीमा हाइड्रो, सोल्टी होटल, मेरियट होटल, सांग्रीला होटल, शंकर ग्रुप पनि कोषमा दर्ता भएको निर्देशक ज्ञवालीले जानकारी दिएका छन्।

यति डिष्टीलरी, ट्रिनिटी कलेज, किष्ट कलेज, त्रियोग स्कुल, इन्फोटेक सर्भिसेज (विभिन्न क्षेत्रमा हजारौं प्राविधिक कर्मचारीलाइ आउट सोसिंङ गर्ने कम्पनी), अनलाई शप दराज समेत कोषमा दर्ताका लागि गएका छन्। कोषले सूचीकरण सजिलो बनाउने भन्दै प्रविधिक परिमार्जन गरेको छ। कोष अहिले ठुला रोजगारदाताकोमै आफ्ना कर्मचारी खटाएर श्रमिकहरुको सुचीकरणमा सहयोग गरिरहेका छन्। यसले पनि धेरै कर्मचारी हुने कम्पनीलाई सहज भएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026