ज्यालादारीलाई खाना उपलब्ध गराउन माधव नेपालको माग

26 March, 2020

 

सेतोपाटी संवाददाता

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दैनिक ज्यालादारी काम गरी जीवन निर्वाह गर्नेहरूलाई सरकारले खानाको व्यवस्थापन गरिदिनुपर्ने बताएका छन्।

बिहीबार नेता नेपालले विपन्न तथा दैनिक कमाएर मात्र खान पाउने परिवारहरूलाई खाना उपलब्ध गराउन माग गरेका हुन्।

‘अत्यावश्यक उपभोग्य वस्तुको अभाव हुन नदिन तीनै तहका सरकारसहित सम्बन्धित सबैको विशेष ध्यानाकर्षण गराउन चाहन्छु,’ नेता नेतालले भनेका छन्।

उनले स्वास्थ्यकर्मीलगायतको स्वास्थ्य र सुरक्षामा थप ध्यान दिन पनि सरकारलाई आग्रह गरेका छन्।

कोरोना जोखिम रहेको भन्दै उनले घरमै बस्न नागरिकहरूजाई आग्रह गरेका हुन्।

‘कोरोना संक्रमणको सम्भावित जोखिमबाट जोगिन केही दिन घरभित्रै बस्न र नियन्त्रणका लागि सरकार तथा बिश्व स्वास्थ्य संगठनका निर्णय एवं निर्देशनहरूलाई पालना गर्न समेत आह्वान गर्दछु’ उनले भनेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024