जापान पठाइदिन्छु भन्दै ४६ लाख ठगेको आरोपमा म्यानपावर सञ्चालक पक्राउ

2 October, 2023

जापान पठाइदिन्छु भन्दै ४६ लाख रूपैयाँ ठगेको आरोपमा म्यानपावर सञ्चालक पक्राउ परेका छन्।

मोरङ लेटाङ नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-४ मा बस्ने ५० वर्षीय डिल्लीराम खतिवडा पक्राउ परेका हुन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार दिउँसो कोटेश्वरबाट पक्राउ गरेको हो।

जेनियुन प्लेसमेन्ट प्रालिका सञ्चालक खतिवडाविरूद्ध ढकराज आचार्यसहित १२ जनाले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। विभागले म्यानपावर सञ्चालक खतिवडालाई पक्राउ गर्न पत्राचार गरेपछि पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

उनले जापान पठाइदिन्छु भन्दै प्रतिव्यक्ति ८ लाख रूपैयाँ लिई फरार भएको उजुरीमा उल्लेख गरिएको छ। सोही आधारमा उनलाई पक्राउ गरी वैदेशिक रोजगार विभाग ताहाचल पठाएको उनले बताए।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024