जापान पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

13 December, 2024

जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पर्सा ठोरी गाउँपालिका-४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने ४५ वर्षीय विष्णु लोप्चनलाई प्रहरीले पक्राउ गरेको हो। 

विष्णुले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रुपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१५ बाट पक्राउ गरेको हो। 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024