जापानी भाषा परीक्षाको फारम खुल्यो, खल्तीबाट पैसा तिर्न सकिने

6 March, 2020

आगामी जुलाईमा हुने जापानी भाषा परीक्षा (जेएलपिटी) को फारम खुलेको छ। जापानमा अध्ययन गर्न चाहने विद्यार्थीले जुलाई ५ मा हुन लागेको लेभलएन वान दे खि एन फाइभ सम्मका फर्म मध्ये आफूलाई अनुकुल कुनै एक फर्म भर्न सक्नेछन्।

अवेदन शूल्क तिर्न लाइन बस्न नपर्ने भएको छ। खल्ती एपमार्फत सजिलै तिर्न सकिने खल्तीका निर्देशक अमित अग्रवालले जानकारी दिए।

‘परीक्षार्थीले अनलाईन फारम गरिसकेपछी शूल्क भुक्तानी गर्ने ठाउँ देख्नेछन्। त्यहाँ आफ्नो खल्ती आइडी दाखिला गरी केही सेकेन्डमै शूल्क भुक्तानी गर्न सकिनेछ,’ उनले भने।

यसको लागि खल्तीले नेपाली विद्यार्थीहरुलाई भाषा सिकाउने र पढाउने शिक्षकहरुको संस्था जापानिज भाषा शिक्षक संगठन नेपालसँग सहकार्य गरिसकेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024