जापानले गर्‍यो सात नेपालीलाई निष्कासन

19 May, 2025

काठमाडौं : जापानले सात जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा बस्दै आएका उनीहरूलाई जापानको अध्यागमनले निष्कासन गरेको हो।

निष्कासनमा पर्नेमा बुढा, बुढा मगर, छन्त्याल, दर्लामी, नेम्वाङ, थापा मगर र पुन रहेका छन्। उनीहरूलाई थाई एयरलाइन्सको विमानबाट नेपाल फर्काइएको हो।

‘जापानले यसै साता ७ जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा बसोबास गरेका उनीहरूलाई नेपाल फर्काइएको हो,’ स्रोतले अन्नपूर्णसँग भन्यो।

गत वैशाख अन्तिम साता पनि जापानले दुई जना नेपालीलाई निष्कासन गरेको थियो। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासन गरिएको थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024