जापानमा एक नेपालीको मृत्यु

18 September, 2019

बाग्लुङ गलकोट नगरपालिका-७ मल्मका ४१ वर्षीय गंगा थापाको जापानमा मृत्यु भएको छ। कमलपित्त रोगबाट पीडित थापाको जापानको सिन्जुकुस्थित अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको गैरआवासीय नेपाली संघ जापानका सदस्य शिवु थापाले जानकारी दिए।

दुई साताअघि रेष्टुराँमा काम गरिरहेका बेला एक्कासी बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। गंगा १४ वर्षअघि रोजगारीका सिलसिलामा त्यहाँ पुगेका थिए। उनको अन्तिम संस्कार बुधबार जापानमै गरिने भएको छ।उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026