जर्मनीले अवैधरूपमा बसोबास गर्ने २ नेपालीलाई गर्‍यो निष्कासन

7 April, 2025

काठमाडौं : जर्मनीले अवैधरूपमा बसोबास गर्ने २ नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा जर्मनी बस्दै गुरुङ र लामा थरका दुई नेपालीलाई जर्मनले निष्कासन गरेको हो।

जर्मनमा गैह्रकानुनी रुपमा बस्दै आएका उनीहरूलाई केही दिन अगाडि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरि अध्यागमनमा बुझाएको थियो। पक्राउपछि प्रहरीले उनीहरूसँग पासपोर्टलगायत कागजात मागेको थियो। त्यसपश्चात अध्यागमन कार्यालयमा बुझाएको थियो, उनीहरूले आवश्यक कागजात पेश गर्न नसकेपछि अध्यागमनले केही दिन नियन्त्रणमा राखेको स्रोतको भनाई छ। त्यसपश्चात ट्राभल डकुमेन्ट बनाए यसैसाता जर्मनले उनीहरुलाई कतार एयरलाइन्समार्फत नेपाल पठाएको हो।

‘गैरकानुनी रूपमा जर्मनमा बसेर त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई नेपाल डिपोर्ट गरिएको रहेछ’
स्रोतले अन्नपूर्णसँग भन्यो। पछिल्लो समयमा विभिन्न देशबाट नेपालीहरु डिपोर्ट हुनेक्रम बढ्दो रहेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024