जर्जिया पठाइदिने भन्दै १२ लाख ठगेको आरोपमा एक जना पक्राउ

13 December, 2024

आकर्षक तलबमा जर्जिया पठाइदिने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका-१ का ३६ वर्षीय सुदीप घिमिरे रहेका छन् । उनी काठमाडौंको गल्कोपाखाबाट बुधबार पक्राउ परेका हुन् ।

जर्जिया पठाइदिने भन्दै घिमिरेले दुई जनासँग १२ लाख १० हजार रुपैयाँ ठगी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024