जनवरी १ देखि मलेसियामा अवैध रुपमा बस्न नपाइने, घर फर्कन अपिल

25 December, 2019

मलेसिया सरकारले अवैध रुपमा बस्दै आएका नेपालीहरुलाई घर फिर्तिका लागि आममाफी दिएको समय यही पुस १५ गतेबाट सकिदैँछ । भिसा सकिएर अवैध रुपमा बस्दै आएका नेपालीहरुलाई मलेसियन सरकारले घर फिर्तिका लागि अवसर प्रदान गरेको हो। आगामी जनवरी एक देखि मलेसियन सरकारले अवैध रुपमा बस्दै आएका नेपालीमाथि धरपकड गर्ने तयारी गरिरहेको छ।

मलेसियन सरकारले नयाँ अवसर दिएपछि त्यसको समय घर्कदै गर्दा एनआरएन मलेसियाले अवैध रुपमा बस्दै आएका नेपालीहरुलाई घर फर्कनका लागि आग्रह गरेको छ। अध्यक्ष हरि भट्टराईले सुनौलो अवसरको सदुपयोग गर्न त्यहाँ रहेका नेपालीहरुसँग आग्रह गरेका छन् । वैदेशिक रोजगारीका लागि प्रमुख गन्तब्य रहेको मलेसियामा कति मात्रामा अवैधानिक नेपाली छन त्यसको अनुमान गर्न सकिएको छैन। यद्यपी मलेसियन सरकारले हजारौं मात्रामा नेपाली कामदार रहेको दाबी गरेको त्यहाँस्थित नेपाली व्यवसायीहरुले बताएका छन।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026