चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

4 March, 2024

काठमाडौं : चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका-४ घर भई हाल काठमाडौं साप्रेढुंगा बस्ने २७ वर्षीय अशोक कार्की रहेका छन्।

उनले कृष्ण कुमार केसी लगायत ६ जनालाई वैदेशिक रोजगारीका लागि चेक रिपब्लिक पठाइदिने भनेर ३ लाख ८५ हजार रुपैयाँ लिएका थिए। त्यहाँ मासिक एक लाख रुपैयाँ कमाइ हुने आश्वासन दिएर प्रतिव्यक्ति ९ लाख रुपैयाँ लाग्ने बताएका थिए। रकम लिएपछि उनी बेपत्ता भएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको बबरमहलबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026