चीनसँगको नाका बन्द भएपछि अमेरिका हिँडेको सिन्धुपाल्चोकको गाउँ

5 December, 2023

कोदारी (अरनिको) राजमार्ग छेवैमा छ, सखुवा गाउँ। बाह्रबिसे नगरपालिका–६ मा पर्ने सखुवाका धेरैजसो बासिन्दा २०७२ को भुइँचालो अघिसम्म चिनियाँ मालसामान वारपार गरेर राम्रो आर्जन गरिरहेका थिए। पैसाको कमी थिएन। जसै भुइँचालोको कहर बर्सियो र भन्सार नाका बन्द भयो, उनीहरूको कमाइको मूल सुक्यो। धेरै युवाहरूले तल्लो बाटो अमेरिकाको गन्तव्य रोजे। यहाँ प्रत्येक वडामा अमेरिका गएकाहरूको लामो सूची छ। कतिमा पन्ध्र जना छन्, कतिमा बीस होलान्! उनीहरूले अमेरिकी सपनाको लोभमा लाखौं लाख दलाललाई बुझाएका छन्। कति अमेरिका छिरिसके, कति दुष्कर पैदल यात्रामा पाइताला फोका पार्दैछन्। अनि कतिले चाहिँ सुवास श्रेष्ठले जस्तै आफन्तीहरूका आँखामा आँसुको भेलबाढी बगाएका छन्। यो सुवास श्रेष्ठको कथा मात्र होइन, भुइँचालोपछि भन्सार नाका बन्द हुँदाको आर्थिक परिणतिले कसरी एउटा सिंगो गाउँ र सिंगो भेगकै नियति बदलियो भन्ने कथा हो। यो कथा शृंखला तीन भागमा प्रकाशन हुनेछ। (विस्तृतमा पढ्न सेतोपाटी सबस्क्राइब गर्नुहोस्।)

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024