चन्द्रागिरि नगरपालिकाले भाडामा बस्ने र ज्याला मजदुरी गर्नेलाई राहत दिने

2 April, 2020

सेतोपाटी संवाददाता

चन्द्रागिरि नगरपालिकाले काेठा भाडामा बस्ने र ज्याला मजदुरी गर्ने व्यक्तिलाई राहत दिने निर्णय गरेकाे छ। 

नगरपालिकाकाे कार्यपालिका बैठकले पहिलाे चरणमा १ देखि १५ वटै वडाका व्यक्तिहरूको व्यक्तिगत फारम भरी नामावलीमा संकलनसहित राहत प्याकेज दिने निर्णय गरेकाे हाे।

विश्व महामारीकाे रूपमा फैलिएको काेराेनाभाइरस (काेभिड १९) का कारण लकडाउनले गर्दा ज्याला मजदुरी गरेर खाने व्यक्तिहरूको अवस्था निकै दयनीय भएको गुनासाे आएपछि नगरपालिकाले उक्त निर्णय गरेको नगरपालिकाकाे प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए।

प्रवक्ता महर्जनका अनुसार घरभाडामा बस्ने र दैनिक ज्याला मजदुरी गरी खान्नु पर्ने व्यक्तिहरूकाे प्रत्येक वडाहरूबाट लगत संकलन गरी घरधनीकाे नाम माेबाइल नम्बर र नागरिकताकाे नम्बर वा फाेटो कपिसहित विवरण उपलब्ध भएपश्चात् राहत प्याकेज उपलब्ध गराइने बताए। 

नामावली प्राप्त भएपश्चात् सम्बन्धित वडाहरूबाट नै उक्त राहत प्याकेज उपलब्ध गराइने छ। 

नगरपालिकाकाे अनुसार उक्त प्याकेजमा ३ जनासम्मकाे परिवारलाई १० केजी चामल साेभन्दा माथिले १५ केजीका दरले प्राप्त गर्नेछन्।

प्याकेज अनुसार दाल १ केजी,नुन एक प्याकेट,तेल १ लिटर,चिनी १ केजी,चिउरा २ केजी सावुन २ वटा प्रदान गरिने छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026