काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका-४, झ्यालबास घर भई काठमाडौं महानगरपालिका-१६ वनस्थली बस्ने ३० वर्षीया रोश्मी सोती रहेकी छन्।
रोश्मीले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई बुधबार काठमाडौं वनस्थलीबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।