खाडी र मध्यपूर्वमा १७ लाखभन्दा बढी नेपाली

3 March, 2026

परराष्ट्र मन्त्रालयले खाडी तथा मध्यपूर्वका विभिन्न मुलुकमा गरी १७ लाख २९ हजार २८८ नेपाली नागरिक रहेको जानकारी दिएको छ। मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त तथ्याङ्क सार्वजनिक भएको हो ।

मन्त्रालयका अनुसार खाडी र मध्यपूर्व क्षेत्र नेपाली श्रमिकका प्रमुख श्रमगन्तव्य भएकाले त्यहाँ ठूलो सङ्ख्यामा नेपाली नागरिक कार्यरत छन्। पछिल्लो समय क्षेत्रीय सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सरकारले सम्बन्धित देशमा रहेका कूटनीतिक नियोग मार्फत अवस्था अनुगमन गरिरहेको जनाएको छ।

सरकारका अनुसार विभिन्न देशमा रहेका नेपालीको विवरण :

इरान : ६ जना

इजरायल : ६ हजार ५ सय

इजिप्ट : ५ सय

ओमन : २५ हजार

कतार : ३ लाख ५७ हजार ९१३

कुवेत : १ लाख ७५ हजार

बहराइन : २८ हजार

साउदी अरेबिया : ३ लाख ८४ हजार ८६५

संयुक्त अरब इमिरेट्स : करिब ७ लाख

लेबनान : १ हजार ५ सय

इराक : ३० हजार

साइप्रस : १७ हजार

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024