कोरोना संक्रमित नेपालीको उपचारमा सहयोग गर्ने कुवेतका प्रधानमन्त्रीको वचन

7 April, 2020

काठमाडौं । कुवेतका प्रधानमन्त्री सबाह अल खालिद अल सबाहले आफ्ना देशमा रहेका कोरोना संक्रमित नेपालीको उपचारमा खुला दिलले सहयोग गर्ने वचन दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग मंगलबार टेलिफोन संवाद गर्दै सबाहले यस्तो वचन दिएका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले एक ट्विट गर्दै त्यहाँ संक्रमित नेपालीको उपचारमा सहयोग गर्ने प्रतिबद्धता सबाहबाट व्यक्त भएको जनाएका छन् । 

कुवेतमा कार्यरत नेपालीको सुरक्षा र कल्याणबारे आफूले राखेको चासोमा सवाहले कुनै पनि अप्ठ्यारो पर्न नदिने वचन दिएको पनि प्रधानमन्त्रीले जनाएका छन् । 

पछिल्लो समय प्रवासमा रहेका नेपाली पनि कोरोनाबाट संक्रमित बन्न थालेका छन् । प्रवासमा रहेका नेपाली प्रभावित हुन थालेपछि प्रधानमन्त्री ओलीले त्यहाँका नेपालीबारे चासो राख्दै आफ्ना समकक्षीसँग संवाद थालेका छन् । यही क्रममा उनले कुवेतका समकक्षीसँग मंगलबार टेलिफोन संवाद गरेका हुन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024