कोरोना संक्रमणका कारण १४ नेपालीको विदेशमै मृत्यु

15 April, 2020

कोरोनाको संक्रमणबाट विदेशमा रहेका  १४ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को तथ्यांकअनुसार गत शनिबारसम्म बेलायतमा आठ, अमेरिकामा पाँच र युएईमा एकजनाको मृत्यु भएको छ । 

त्यस्तै, ६ सय ६५ नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । विदेशस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघका शाखा तथा स्थानीय संघसंस्थाबाट प्राप्त जानकारीअनुसार एनआरएनएले सो तथ्यांक तयार पारेको हो । 

अमेरिकामा पाँच सयभन्दा बढी नेपाली संक्रमित भएका छन् । बेलायतमा एक सय, स्पेनमा १८, युएईमा १०, जर्मनीमा चार, पोर्चुगलमा आठ, अस्ट्रेलियामा नाै, साउदी अरबमा चार, कुवेतमा पाँच, जापान, मलेसियामा, म्यानमार र हङकङमा एक–एक जनामा कोरोना संक्रमण भेटिएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024