कोरिया पठाइदिन्छु भन्दै १ करोड बढी ठगी, एकजना पक्राउ

22 August, 2025

वैदेशिक रोजगारीका लागि कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१ नक्साल बस्ने ३८ वर्षीया साहारा सुव्वा (थेवे)लाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुरको ललितपुर महानगरपालिका-२८ हरिसिद्धिबाट पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानको क्रममा उनले हालसम्म ९ जना पीडितबाट कोरिया पठाइदिन्छु भनि १ करोड ८ लाख ३० हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024