कोरियाले रुट इन्ड्रस्टीअन्तर्गत वेल्डिङ क्षेत्रमा कामदार लैजाने, भोलिदेखि आवेदन दिन सकिने

2 June, 2025

काठमाडौं : कोरियाले रुट इन्ड्रस्टीको वेल्डिङ क्षेत्रमा कामदार लैजानका लागि भोलिदेखि आवेदन खुलाउने भएको छ। आवेदन यही जेठ २३ गतेसम्म दिन सकिने छ।

इपीएस कोरिया शाखाका अनुसार आवेदन दिएकाहरूले रुपन्देहीको बुटवलस्थित कोरिया नेपाल बहुप्राविधिक शिक्षालयमा १२० घण्टा वेल्डिङ र १२० घण्टा कोरियन भाषा गरी जम्मा २४० घण्टाको तालिम लिनुपर्ने छ।

१२० घण्टाको कोरियन भाषा मध्ये ७५ घण्टा अनिवार्य भाषा कक्षामा सहभागी भई भाषा परीक्षा दिने र बाँकी ४५ घण्टा पूर्व अभिमुखीकरण तालिमको समयमा हुने शाखाले जनाएको छ।

शिक्षालयमा सञ्चालन हुने तालिमको लागि लाग्ने शुल्क व्यक्ति स्वयंले व्यहोर्नुपर्नेछ। सोको लागत आवासीय सेवा नलिएमा न्यूनतम ५५ हजार ५०० र आवासीय सेवा लिएमा न्यूनतम ८८ हजार रुपैयाँ लाग्नेछ।

तालिममा सहभागी प्रशिक्षार्थीहरुले कोरियन भाषा परीक्षामा सहभागी हुनु पर्ने छ। तालिममा न्यूनतम ८० प्रतिशत उपस्थित भएको, सो तालिमका बेलामा लिएका अभ्यास परीक्षामा औसत ६० प्रतिशत भन्दा बढी अंक हासिल गरेको र कोरियन भाषा परीक्षामा उच्चतम अंक प्राप्त गरेको व्यक्ति मध्येमा उत्कृष्ट ५० जना योग्य सूचीमा समावेश हुने छन्।

परीक्षामा सहभागी हुन कक्षा १२ उत्तीर्ण भएको, १८ वर्ष पूरा भई ३९ वर्ष नकटेको, अरू देशमा जानका लागि बन्देज नलागेको लगायतका योग्यता तोकिएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024