कोरियामा मृत्यु भएकी सोनुको शव आइपुग्यो, आज अन्त्येष्ठि

26 August, 2024

दक्षिण कोरियामा मृत्यु भएकी इलामको माई नगरपालिका–१, तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको शव आइपुगेको छ। आज उनको दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

श्रेष्ठको शव नेपाल ल्याउन खर्च अभाव भएपछि कोरियामा बस्ने नेपालीले रकम उठाएर उनको शव गत शुक्रवार नेपाल पठाएका हुन्। कोरियामा अध्ययनरत नेपाली विद्यार्थी समाज (सोनसिक) र त्यहाँस्थित इलामेली समाजले उनको शव गृह जिल्ला पठाउने खर्च संकलन गरी सहयोग गरेका थिए।

कोरियास्थित नेपाल सम्पर्क समिति अध्यक्ष हरिप्रसाद खनालले सोनुको शव नेपाल पठाउन कोरियाबासी नेपालीले महत्वपूर्ण सहयोग गरेको बताए।

विद्यार्थी भिसामै गत फेब्रुअरीमा कोरिया पुगेकी श्रेष्ठको भदौ २ गते मृत्यु भएको थियो। उनी कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत थिइन्।

सोनुका बुबा लीलाकुमार श्रेष्ठको पनि वैदेशिक रोजगारी सिलसिलामा गत जेठमा मलेसियामा मृत्यु भएको थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024