कोरियामा मृत्यु भएका एक नेपालीको शव वेवारिसे अबस्थामा, आर्थिक सहयोग हुन नसक्ने दूतावासको भनाई

15 April, 2019

किशन गौतम

दक्षिण कोरियामा गत साता मृत्यु भएका काठमाडौंका ध्रुब भण्डारीको शव नेपाल पठाउन समस्या भएको छ। इपिएस मार्फत करिब ८ वर्ष पहिला कोरिया प्रवेश गरेका भण्डारीको हृदयघातका कारण अस्पतालमा मृत्यु भएको थियो।

एन आर एन कोरियाकी अध्यक्ष लक्ष्मी गुरूङका अनुसार अस्पतालको सघन कक्षम राखी उपचार गर्दा २ करोड ६८ लाख कोरियन वन खर्च भइसकेको छ। कोरियाको थाङ्गजिनस्थित एक कम्पनीमा कार्यरत भण्डारी आफ्नो वैधानिक भिसा समाप्ति पछि अबैधानिक रूपमा बस्दै आइरहेका थिए। अवैधानिक रहेकोले उनी कार्यरत कम्पनी तथा बिमालेसमेत कुनै पहल नगर्ने भएकोले ठूलै समस्यामा पर्ने देखिएको छ।

 

शव नेपाल पठाउन आर्थिक समस्या भएपछि नेपालदेखि उनको श्रीमतीले विशेष आग्रह गरि कोरियामा रहेका ठूला संस्था एनआरएन, एनसीसी तथा एमटियूलाईसमेत पत्राचार गरेकी छन्। यस बारेमा कोरियास्थित नेपाली दूतावासमा सम्पर्क गर्दा, उपनियोग प्रमुख किरण शाक्यले कोरियामा अबैधानिक रहेकोले बैदेशिक रोजगार प्रबर्दन बोर्डले कुनै पनि आर्थिक सहयोग नगर्ने बताए।

 

शव नेपाल पठाउँदा करिब ५ लाख नेपाली रकम खर्च लाग्ने हुँदा उक्त रकम मृतकको परिवार वा कुनै सामाजिक संघ संस्थाले जम्मा गर्न सके अन्य कागजी प्रक्रिया मिलाइदिन दूतावास तयार रहेको समेत उनले जानकारी दिए।

 

यसरी कोरियामा एक नेपालीको शव बेबारिसे बन्ने अवस्था आएपछि यहाँका ठूला संघ संथा एन आर एन, एनसीसी, एमटियूलगाएतले नेपाली बीच आर्थिक संकलनको अभियान शुरु गरेका छन्। प्रवासमा मानवीयताको नाताले सहयोग गरिदिनुहुन उक्त संस्थाले नेपाली बीच विशेष अपिलसमेत गरेका छन्।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024