कोरियाबाट विदामा आएकालाई ३० गते चार्टर्ड जहाजमा पठाइने

6 May, 2020

दक्षिण कोरियाबाट विदामा आएका नेपाली कामदारलाई जहाज चार्टर्ड गरेर कोरिया पठाइने भएको छ। 

वैशाख ३० गते नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले दक्षिण कोरियामा चार्टर्ड उडान गर्न लागेको हो। 

आगामी १२ मेका लागि दक्षिण कोरियाको सउल उडान गर्ने निश्चित भएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

वैशाख ३० गते ५ बजे उडान गर्ने छ भने भोलिपल्ट ८: ४५ बजे काठमाडौं अवतरण हुनेछ। 

नेपाली कामदारलाई दक्षिण कोरिया लैजान गैरआवासीय नेपाली सङ्घ कोरियाले जहाज चार्टर्ड गरेर लैजान लागेको जनाइएको छ। काठमाडौं विमानस्थलबाट कोरियाको सउलस्थित इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुनेछ।

मन्त्रिपरिषद्को वैशाख १४ गतेको निर्णयअनुसार इपिएस प्रणालीअन्तर्गत कोरिया काम गर्ने अनुमतिप्राप्त वैध प्रवेशाज्ञा (भिसा) भएका हाल बिदामा रहेका नेपाली स्वेच्छाले आफ्नो काममा फर्की जान चाहेमा निजहरुको स्वास्थ्य परीक्षण गराई उनीहरूकै खर्चमा चार्टर्ड उडानबाट जान स्वीकृति दिने निर्णय गरेको थियो। सोहीअनुरुप कोरिया उडान गर्न लागिएको हो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024